Nepal Purbadhar

भोलीदेखि नाडा अटो शो २०२५ सुरु हुँदै, यस्तो छ तयारी


काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ ।


भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागको सो अटो शो को तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्राक्सी, रोवोटिक्स ( डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।

१७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

तस्विर: नेपाल फोटो लाइवे्री


Read Previous

भारतले नेपाली सेनालाई सवारीसाधन, घोडा, कुकुर र मेडिकल सामग्री दियो

Read Next

लय सम्हाल्दै रिलायन्स स्पिनिङ मिल्स, वार्षिक नाफा ४२ प्रतिशतले बढ्यो

Nepal Purbadhar