
काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने अवरुद्ध सडक खुलेको छ ।
पाँच पोखरी थाङपाल गाउँपालिका-६ मा पर्ने गाइपाइस्थित धाप/भोताङ जाने बाटो सुरु भएको छ । शुक्बार बिहान करिब ९:४० मा पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने सडक अवरुद्ध सडक खुलेको छ ।
अबरुद्ध सडक १ बजे खुलेको गाँउपालिकाको कर्मचारी युवराज भट्टराईले जानकारी दिए ।
गाउँपालिकाले डोजर प्रयोग गरेर पहिरो पन्छाएसँगै अवरुद्ध भएको बाटो सञ्चालनमा आएको छ । सडक पूर्ण रुपमा अवरुद्ध बन्दा स्थानीयको जनजीवन प्रभावित भएको थियो ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइन सडक हो यो । यहाँबाट गाउँपालिकाका मानिसहरु काठमाडौं आवातजावत गर्ने र अत्यावश्य सामनहरु लैजाने गर्छन् ।