
काठमाडौं । सरकारले नागढुंगा-नौबिसे सुरुङमार्ग हुँदै आवत जावत गर्ने सवारीसाधनका लागि शुल्क तोकेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क तोक्ने निर्णय गरेको हो । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हुँदै कार /भ्यानहरु काठमाडौं आउँदा ६५ रुपैयाँ र जादा ६० रुपैयाँ तिर्नुपर्छ ।
मिनि बस र ट्रंकले काठमाडौं आउँदा ११५ रुपैयाँ र जादा ८० रुपैयाँ तिर्नुपर्छ ।
बस/ट्रंकले काठमाडौं आउँदा २६० रुपैयाँ र जादा २०० रुपैयाँ तिर्नुपर्छ । भारी उपकरको काठमाडौं आउँदा ६०० रुपैयाँ र जादा २५० रुपैयाँ तिर्नुपर्नेछ ।

अहिले सुरुङमार्ग फिनिसिङको काम भलिरहेको छ । केहि महिनामै सञ्चालन गर्ने तयारीमा सरकार छ ।