Nepal Purbadhar

 डेडिकेटेड ट्रंकलाइन विवाद : जब  प्राधिकरणको बोर्ड बैठकमा बोलाएर पुनरावलोकन समिति सदस्यहरुलाई गाली गरियो..


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकमा बोलाएर डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादको समाधानका लागि गठित प्रशासकिय पुनरावलोकन समितिका सदस्यहरुलाई गाली गरेको पाइएको छ ।

सोमबार बसेको बैठकमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्का तथा कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले गाली गरेका हुन् ।  स्रोतका अनुसार समितिले केहि कामै नगरेको भन्दै गाली गरिएको हो ।

प्राधिकरणले विवाद समाधानका लागि समिति बनाएको थियो । समिति ४६ जना उद्योगीहरु समेत गएका छन् । तर समितिले काम गर्न सकेको छैन् ।

समितिमा श्याम किशोर यादव संयोजक छन् । प्राधिकरणका उपकार्यकारी निर्देशक (डिएमडी) दुर्गानन्द बडियात ,  ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनयर राजु महर्जन,  प्राधिकरणका कानुनका निर्देशक रमेश घिमिरे सदस्य छन् । रमेश घिमिरेले यस अघि नै आफुले बक्यौता उठाउनुपर्ने राय दिएकाले समितिका बस्न नसक्ने जानकारी गराएपछि उक्त स्थानमा  शिव प्रसाद आचार्यलाई लगियो । केहि दिन पहिले उनलाई लगिएको हो । तर उनले कानुनी विषय भएको, अध्ययन गर्नुपर्ने भन्दै ३/४ दिनदेखि हाजिर नै गरेका छैनन् ।

समितिले कामै गर्न नसकेको भन्दै सञ्चालक समितिमा  शाक्यले आफै बस्ने समेत बताएका थिए । आफैले सिफारिस गरेको डिएमडी पठाउनु र आफु बस्नुमा फरक नहुने उनको तर्क थियो । तर यस विषयमा कुनै निर्णय भएन ।

समितिलाई मंगलबार नै बैठक राख्न निर्देशन दिइएको थियो । तर मंगलबार समितिको बैठक बस्न सकेन । प्राधिकरणका डिमएडी अहिले काठमाडौं बाहिर छन् । भने एक जना सदस्यले हाजिर नै गर्न मानेका छैनन् । सोही कारण मंगलबार बैठक बस्न नसकेको हो । बैठक बस्न नसकेको विषयमा समितिका संयोजकले प्राधिकरणलाई जानकारी दिने तयारी गरेका छन् ।

ऊर्जा मन्त्री दीपक खड्काले गत बैशाखमा समिति बनाएका हुन् ।  समितिको संयोजकमा सुरुमा ऊर्जा सचिव सुरेश आचार्य थिए । ऊर्जा सचिव संयोजकत्वमा समिति बनेपछि चौतर्फी रुपमा विवाद भयो । त्यसपछि सञ्चालक समितिका सदस्य समेत रहेका यादवलाई संयोजक बनाइएको हो । बक्यौता पुनरावलोकनमा आउन आग्रह गरेपछि ४६ उद्योगी आइसकेका छन् ।

४६ उद्योगले बक्यौताको ५ प्रतिशत रकम नगद वा बैंक ग्यारेण्टी राखेर २०७२ माघदेखि २०७५ बैशाख सम्मको बक्यौता पुनरावलोकनका लागि प्राधिकरणमा आवेदन दिएका हुन् ।

उद्योगी र प्राधिकरणबीच विवाद छ । सोही कारण प्राधिकरणले पुनरावलोकन समितिमार्फत टुंगो लगाउन खोजेको हो ।

प्राधिकरण कार्यकारी निर्देशक शाक्यलाई बिचौलियाले दबाब दिएपछि उनले समितिलाई छिट्टै काम सक्न दबाब दिएका हुन् । यस अघि उनै प्राधिकरणका कार्यकारी निर्देशक हुँदा तीन चरणको बक्यौता उठाउने निर्णय गरेका थिए ।


Read Previous

चन्द्र ढकालको मौलाकालि केवलकारले ९ महिनामा गर्यो ८ करोड १० लाखको कारोबार

Read Next

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

Nepal Purbadhar