Nepal Purbadhar

चन्द्र ढकालको मौलाकालि केवलकारले ९ महिनामा गर्यो ८ करोड १० लाखको कारोबार


काठमाडौं । आइएमइ ग्रुपका चन्द्र प्रसाद ढकालको कम्पनी मौलाकालि केवलकारले ९ महिनामा ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।

२०२५ मा यो कम्पनीले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघि २०२४ मा १० करोड ७० लाख रुपैयाँको कारोबार गरेको यो कम्पनीले त्यसअघि २०२३ मा भने २ अर्ब ४० करोड रुपैयाँको कारबार गरेको थियो ।

२०२३ को मध्य अप्रिलबाट सञ्चालनमा आएको यो केवलकार पूर्ण रुपमा भने २०२५ मध्य मेबाट सञ्चालनमा आएको थियो । २०१६ मा सुरु भएको यो कम्पनीको सेयर स्वामित्व आइएमई ग्रुपका चन्द्र प्रसाद ढकाल र हेमराज ढकालसँग रहेको छ ।

नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा सञ्चालनमा रहेको यो केवलकारसँगै कम्पनीले त्यहाँ होटल पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यहाँ ‘इला’ ब्रान्ड नाममा ६५ कोठासहितको होटल सञ्चालनमा ल्याउन लागिएको हो ।

हालका लागि यो कम्पनीले १ अर्ब ४२ करोड १० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमध्ये रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई १ अर्ब ४२ करोड १० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस रेटिङ दिएको छ ।


Read Previous

विद्युत प्राधिकरणभित्रको विवाद: ‘एमडी र ऊर्जामन्त्री एक जना नहटे संस्था नै बर्बाद हुन्छ’

Read Next

डेडिकेटेड ट्रंकलाइन विवाद : जब प्राधिकरणको बोर्ड बैठकमा बोलाएर पुनरावलोकन समिति सदस्यहरुलाई गाली गरियो..

Nepal Purbadhar