
काठमाडौं । नेपाल आयल निगमको नयाँ कर्पोरेट भवनको निर्माण सम्पन्न भएको छ ।
बबरमहलस्थित सिंहदरबारबको दक्षिणी गेटसँगै निगमको नयाँ भवन निर्माण भएको हो । निगमले अत्याधुनिक सेवा सुविधा सम्पन्न कर्पोरेट भवन निर्माण गरेको छ ।
निगमको पुरानो भवन २०७२ सालको वेशाखमा आएको भुकम्पका कारण चर्किएको थियो । जसकारण निगमले पुरानो भवनलाई भत्काएर सोही स्थानमा नयाँ भवन बनाएको थियो ।
२०७८ मंसिर १९ गतेबाट निर्माण सुरु भएको भवन ३० महिनाभित्र सम्पन्न गर्ने भनिएतापनि केही समय थप गरि हालसालै भवनको निर्माण सम्पन्न भएको छ ।
नयाँ भवनको लागत ८१ करोड रहेको निगमले जनाएको छ ।
हेर्नुहोस भिडियो