Nepal Purbadhar

प्रसारण लाइन निर्माण गर्ने हाइटेन्सन स्विचगियर्सले एक वर्षमा गर्‍यो २ अर्ब १२ करोड रुपैयाँको व्यापार


काठमाडौं । प्रसारण लाइन तथा सबस्टेसन निर्माण गर्ने कम्पनी हाइटेन्सन स्विचगियर्स प्रालिले एक वर्षमा २ अर्ब १२ करोड रुपैयाँभन्दा धेरैको कारोबार गरेको छ । 

कम्पनीले २०२४ मा २ अर्ब १२ करोड ९७ लाख रुपैयाँको व्यापार गरेको हो । 

सन् १९८८ मा खुलेको यो कम्पनीले यसअघि २०२३ मा १ अर्ब २२ करोड ६५ लाख रुपैयाँको कारोबार गरेको थियो भने त्यसभन्दा अघिल्लो वर्ष २०२२ मा ५० करवड ६८ लाख रुपैयाँको कारोबार गरेको थियो । २०२१ मा भने कम्पनीको व्यापार ५३ करोड ७८ लाख रुपैयाँको भएको थियो । 

सन १९८८ मा खुलेको हाइटेन्सन स्विचगियर्स प्रालि विद्युतीय तथा सबस्टेसन र प्रसारण लाइन निर्माण  नेपालको पुरानोमध्येको कम्पनी हो । यो कम्पनीसँग हाल नेपाल विद्युत प्राधिकरणअन्तर्गतका ८८ करोड ८० लाख रुपैयाँको ठेक्काका कामहरु गरिरहेको छ । कम्पनीको अध्यक्षमा भने द्वारिका श्रेष्ठ रहेका छन् । उनीसँगै कम्पनीको कार्यकारी अध्यक्षमा राजेन्द्र कुमार अग्रवाल रहेका छन् । 

हालका लागि भने यो कम्पनीले २ अर्ब रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपालले यो कम्पनीलाई १४ अर्ब रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर र १ अर्ब ८६ करोड रुपैयाँको दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि डबल बि/ए फोर रेटिङ दिएको छ ।


Read Previous

गोकुल अपार्टमेन्ट अक्टोबरबाट सञ्चालनमा आउँदै, लगानी कति?

Read Next

अपर तमोर विरुद्ध स्थानीयको आन्दोलन,  साउन १० भित्र काम बन्द गरेर सामान लैजान अल्टिमेटम

Nepal Purbadhar