Nepal Purbadhar

आकाशबाट हेर्दा तीन जिल्लाको संगम


काठमाडौं । सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र । रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दूका साथै बौद्ध धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्र हो । 

नेपालथोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ । महाशिवरात्रि, हरिबोधनी एकादशी, तिज, जनै पूर्णिमा, बालाचतुर्दशी, अक्षय तृतीया, बडादशैं, चैते दशैं आदि पर्वहरुमा यहाँ मेला लाग्ने गर्छ ।

यस मन्दिरमा विशेषगरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौं उपत्यकाबाट भक्तजन आइपुग्छन् ।


Read Previous

कर्णालीको विकासमा जलविद्युत किन आवश्यक छ?

Read Next

नागरिक पत्रिका प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले ९ महिनामा गर्‍यो १३ करोड ५० लाखको कारोबार

Nepal Purbadhar