
काठमाडौं । गत आव २०८१/०८२ मा शहरी विकास मन्त्रालयले विनियोजित बजेट ६८ अर्ब १४ करोड ६६ लाख रुपैयाँमध्ये ३८ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ वित्तीय प्रगति हासिल गरेको छ ।
मन्त्रालयले गत आवमा कुल विनियोजित बजेटमध्ये ५८.०६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको हो ।
गत आवमा मन्त्रालयअन्तर्गतबाट राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत भइ कार्यान्वयनमा आएको छ भने विशिष्ट संरचना तथा सम्मेलन केन्द्र (गठन ) विकास समिति ( सञ्चालन तथा व्यवस्थापन)
आदेश, २०८१ नेपाल सरकार बाट स्वीकृत भइ कार्यान्वयनमा आएको छ ।
त्यस्तै, नेपाल स्मार्ट शहर सम्बन्धी सूचकहरु २०८१ नेपाल सरकार (म.प.) बाट स्वीकृत भइ कार्यान्वयनमा आएको छ । डुम्रे भन्सार जग्गा एकीकरण आयोजना र मासटार जग्गा एकीकरण आयोजनाको अवधारण योजना स्वीकृत तथा नेपाल सरकार (म.प.) बाट जग्गा प्रतिको निर्णय भइ कार्यान्वयनमा आएको तथावागमती सभ्यता संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा भइ छलफलको क्रममा रहेको मन्त्रालयले प्रकाशित गरेको प्रगति विवरणमा उल्लेख रहेको छ ।
साथै, शहरी विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर छलफल हुँदै, वेवसाइटमा सरोकारवालाको राय / प्रतिक्रियाको लागि राखिएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतबाट पूर्वाधार क्षेत्रमा भएको प्रगतिमा भने अन्तर्राष्ट्रियस्तरको त्रि.वि क्रिकेट स्टेडियम अन्तर्गत प्यारापेट र फ्लडलाईट निर्माण अन्तिम चरणमा पुगेको छ तथा ९७ वटा स्वास्थ्य भवन निर्माण, ५ वटा सभा हल निर्माण, २१ वटा सरकारी कार्यालय भवन निर्माण, ९७ वटा विद्यालय भवन निर्माण, ३२ वटा पार्क निर्माण, १३ वटा बसपार्क निर्माण, ५७ वटा सार्वजनिक भवन निर्माण र २७८ कि.मि. ग्रामीण सडक कालोपत्रे / सडक ढलान भएको छ ।
त्यस्तै, मन्त्रालयकाअनुसार ६१८ कि.मि. शहरी सडक कालोपत्रे भएको छ भने २९६ कि.मी. नाला निर्माण, २७८ वटा झोलुंगे पुल निर्माण, २२ वटा स्थानीय सडक पुल निर्माण, ५५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण, २. ९ कि.मी तटवन्ध निर्माण, थप ९ वटा गा.पा./न.पा. केन्द्रमा सडक पुगेको र ४७४७ हेक्टरमा सिंचाइ सुविधा पुगको अवस्था रहेको छ ।
विस्तृतमा हेर्नुहोस मन्त्रालयले गत आवमा गरेका कामहरु