Nepal Purbadhar

चार ठूला प्रसारणलाइन निजी क्षेत्रको लगानीमा बनाउँदै विद्युत प्राधिकरण, निकाल्यो सूचना


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ४ ठूला प्रसारणलाइन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने भएको छ ।

आफैले लगानी गरेर प्रसारणलाइन निर्माण गर्न सक्ने अवस्था नभएपछि प्राधिकरणले निजी क्षेत्रको सहयोगमा प्रसारणलाइन निर्माण गर्न लागेको हो । प्राधिकरणले पीपीपी मोडलमा प्रसारणलाइन निर्माणका लागि सार्वजनिक सूचना प्रकाशन गर्दै आशयपत्र माग गरेको छ ।

न्यु खिम्ती-ढल्केबर ४०० केभी, अरुण-इनरुवा ४०० केभी, तिङ्ला-दुधकोसी-ढल्केबर ४०० केभी र २२० केभीको लप्सीफेदी-तीन पिप्ले प्रसारणलाइन पीपीपी मोडलमा निर्माण गर्न लागेको हो ।

न्यु खिम्ती ढल्केबर- ढल्केबर ४०० केभी प्रसारणलाइन ८० किलोमिटरको हुनेछ । यो प्रसारणलाइन निर्माणका लागि ८० मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ ।

अरुण (हब)-इरुवा प्रसारणलाइन ९४ किमीको हुनेछ । ८० मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ।

तिङ्ला-दुधकोसी – ढल्केबर ४०० केभी प्रसारणलाइन ११८ किमीको हुनेछ । १४२ मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ । लप्सीफेदी-तिनपिप्ले २२० केभी प्रसारणलाइन ३० किमीको हुनेछ । १८ मिलियन अमेरिकी डलर लाग्ने अनुमान छ ।

59228949

इच्छुक निजी कम्पनीले ३० दिनभित्र आवेदन दिनुपर्नेछ । यस अघि राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले पनि पीपीपीमा प्रसारणलाइन निर्माणको लागि एमओयु गरेर प्रक्रिया अघि बढाइसकेको छ ।

Facebook Comments

Read Previous

दिनेश साबुनले एक वर्षमा कमायो ३७ करोड ९० लाख

Read Next

अब विद्युत् खेर जाने अवस्था रहँदैनः ऊर्जामन्त्री खड्का

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar