Nepal Purbadhar

चक्रपथ विस्तारको दोश्रो खण्ड घाँस र झारले सडक छोपियो तर भएन काम


काठमाडौं । चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकी देखि सुकेधारा धोबीखोला सडक वर्षा सँगै घाँस र झार उम्रेर हरियाली भएको छ ।

सो सडक विस्तारमा ढिला गरिंदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ ।

करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडी बढ्न सकेको छैन । 

चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडी बढाए पनि बाँकी काम हुन सकेको छैन् ।

हाल कलंकी देखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ ।

त्यसै गरी नारायणगोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भई रहेको छ ।


Read Previous

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण छ: भौतिक पूर्वाधार मन्त्री दाहाल

Read Next

स्काई वाक टावरले क्षमता बृद्धि गर्दै, बन्जीदेखि स्काई साइकलसम्म निर्माण हुँदै 

Nepal Purbadhar