Nepal Purbadhar

क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू हस्तान्तरण


काठमाडौं । आज २०८२ साल असार २९ गते, अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । ती औषधि तथा स्वास्थ्य सामाग्रीहरु असार २७ गते शुक्रबार नेपाल आईपुगेका थिए र स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन भण्डारण गरेको थियो ।

औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधी र स्वास्थ्य सामाग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाण्डौलाई हस्तान्तरण गरिएको छ ।

स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामाग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल गरिरहेको जानकारी गराउन चाहन्छौ । यसमा सहयोग गर्नु हुने सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गर्दछ साथै यस किसिमको निरन्तर सहयोगले नेपालमा क्यान्सरका बिरामीहरूको उपचारमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।


Read Previous

टिमुरे भन्सार क्षेत्रमा विद्युतीय गाडीको बिजोक

Read Next

होङ्सी सिभम सिमेन्टले ९ महिनामा गर्‍यो ९ अर्ब २५ करोड १० लाखको व्यापार

Nepal Purbadhar