
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन आज आइतबार अपराह्न दुई दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुग्दैछन् । उनको बसाइ ताज होटलमा हुने तय भएको छ । उनी विमानस्थलबाट सिधै होटल पुग्ने बताइएको छ। आज साँझ प्रधानमन्त्री बालेनले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट प्रधानमन्त्री बसेको होटल ताजमै हुनेछ ।
तस्बिरहरु: प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी







