
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न सडकको भित्ता काट्ने तथा जोखिमयुक्त ढुंगा र माटो हटाउने काम सुरु गरिएको छ ।

शनिबारदेखि नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरेर पहिरो रोकथामको काम थालिएको हो ।

लगातार सुक्खा पहिरो खस्न थालेपछि जोखिम न्यूनीकरणका लागि काम नसकिँदासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरिने नागढुंगा–मुग्लिन सडक आयोजना, पश्चिम खण्ड (मलेखु–मुग्लिन) का रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले जानकारी दिए ।


