Nepal Purbadhar

चीनको तिब्बत क्षेत्रमा वर्षा भइरहेको छ, सतर्कता अपनाउनु: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक


काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुनसक्ने भन्दै सतर्क हुन आग्रह गरेको छ ।

कार्यालयले एक सूचना प्रकाशित गर्दै चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

कार्यालयले नदी आसपासका क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा समेत सतर्कता अपनाउन भन्दै सूचना जारि गरेको छ ।

Facebook Comments

Read Previous

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गरिएनः कुलमान घिसिङ

Read Next

यातायात र जनजीवन सहज बनाउने तर्फ लाग्न मन्त्री दाहालको निर्देशन

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar