Nepal Purbadhar

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्र देव शाक्यको १०० दिन: के के भयो काम?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा हितेन्द्र देव शाक्यले जिम्मेवारी सम्हालेको १०० दिन पुगेको छ । 

मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले सय दिनको कार्यप्रगति सारांश नामक प्रतिवेदन पनि सार्वजनिक गरेका छन् । 

उक्त प्रतिवेदनअनुसार शाक्यको नेतृत्वमा प्राधिकरणले नेपाल विद्युत प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्ग चित्र देखाउने गरी श्वेतपत्र जारी गरिएको छ ।

उर्जा सुरक्षा र विश्वसनीय उर्जाका लागि कुलेखानी सिस्नेरी १०० मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाब्यता अध्ययन सम्पन्‍न गरी सम्भाब्यताका लागि लाइसेन्स आवेदन गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै, हुलिङटार-दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्व सम्भाब्यता अध्ययन सम्पन्‍न गरी सम्भाब्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको छ ।

साथै, वितरण तथा ग्राहक सेवातर्फ पनि विभिन्न कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशैभरी कार्यालय रहेका ठुला कर्पोरेट ग्राहकहरुको प्रत्येक इकाइ ग्राहकहरुको महसुल भुक्तानी केन्द्रिकृत रुपमा एकै स्थानबाट गर्न सकिने गरी छुट्टै पेमेन्‍ट गेटवे निर्माण गरिएको र हाल परिक्षणको अन्‍तिम चरणमा रहेको प्रतिवेदनमा उल्लेख छ । 

शाक्यले प्राधिकरणमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेसँगै सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यमहरुमा बत्ती झ्याप्प झ्याप्प जाने गरेको समस्या रहेको गुनासो पनि आइरहेको छ ।

हेर्नुहोस् पुरा प्रतिवेदन


Read Previous

रसुवा बाढी: २४० मेगावाट विद्युत उत्पादन बन्द

Read Next

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गरिएनः कुलमान घिसिङ

Nepal Purbadhar