
काठमाडौं । सरकारसँग भएको डलर संञ्चिति २२ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विवरणकाअनुसार २०८१ असार मशान्तसम्म १५ अर्ब २७ करो अमेरिकी डलर रहेकोमा २०८२ जेठ मशान्तसम्म आइपुग्दा २२ प्रतिशतले बृद्धि भएको छ । हाल अमेरिकी डलरमा संचिति १८ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको संञ्चिति २०८१ असार मशान्तको तुलनामा २०८२ जेठ सम्म आइपुग्दा २३ प्रतिशतले बृद्धि भएको छ । २०८१ असारमा १८४५ अर्ब ५५ करोड रुपैयाँ रहेको संचिति २०८२ जेठ मशान्तमा २२ प्रतिशतले बृद्धि भएर २२७४ अर्ब ४७ करोड पुगेको छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मशान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८२ जेठ मशान्तसम्ममा बृद्धि भएर ५३.२ प्रतिशतले बृद्धि भई २९४ अर्ब ९२ करोड कायम भएको छ ।
२०८२ जेठ मशान्तको कुल विदेशी विनिमय संञ्चितिमा भारतीय मुद्राको अंश भने २०.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सरकारसँग हाल भएको डलर संञ्चितिले आगामी १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले यति समयका लागि आयात धान्न पुग्ने देखिएको छ ।