Nepal Purbadhar

एघार महिनामा रेमिट्यान्स १५.५ प्रतिशतले बृद्धि, जेठमा १७६ अर्बको रेमिट्यान्स भित्रियो


काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिना अर्थात जेठ महिनासम्म रेमिट्यान्स १५.५ प्रतिशतले बृद्धि भएर १५३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्ष जेठ महिनासम्मको रेमिट्यान्स १७.२ प्रतिशतले बढेको थियो ।

जेठ महिनामा मात्रै १७६ अर्ब ३२ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएकव छ । अघिल्लो वर्ष जेठ महिनामा १२८ अर्ब ९१ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको थियो ।

एघार महिनामा अमेरिकी डलरमा भने १२.७ प्रतिशतले बृद्धि भएर ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्समा १५.२ बढेको थियो ।

एघार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ र पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ ।


Read Previous

मुद्रास्फीति २.७२ प्रतिशत सीमित

Read Next

डलर संञ्चिति २२ प्रतिशतले बढ्यो, साढे १४ महिनाको आयात धानिने

Nepal Purbadhar