Nepal Purbadhar

मुद्रास्फीति २.७२ प्रतिशत सीमित


काठमाडौं । जेठ महिनामा उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो ।

जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यहि अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमश: ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।

जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.६ प्रतिशत, गैर-मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ ।

तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.०७ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ ।


Read Previous

अर्घखाँची सिमेन्टले ९ महिनामा गर्यो ३ अर्बबढिको व्यापार

Read Next

एघार महिनामा रेमिट्यान्स १५.५ प्रतिशतले बृद्धि, जेठमा १७६ अर्बको रेमिट्यान्स भित्रियो

Nepal Purbadhar