Nepal Purbadhar

दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीहरूलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले  १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई ज्ञापन गरेका छन् ।

भुटानको थिम्पूमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समुहतफृ उपाधि जितेको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयमा  सोमबार विजेता खेलाडीहरुलाई सम्माानसहित बधाई ज्ञापन गरेका हुन् ।

सो क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरुको प्रशंसा गरेका छन ।

प्रतियोगितामा नेपालले  ५५ केजी तौल समूहमा सरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण पदक, शीला ठकुरीले रजत पदक जितेर नेपालको झण्डा फर्फराएका छन् । उक्त समूहमा भारतकी सारा काँस्य पदक विजेता बनेकी छन् ।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५  मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौं स्थान हासिल गरेका छन् ।


Read Previous

संरक्षणको अभावमा गुँदे ताल

Read Next

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ-रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप