Nepal Purbadhar

रोपाई महोत्सवमा रमाए स्वदेशी तथा विदेशी पर्यटक पोखरामा, तस्बिरमा हेर्नुस्


काठमाडौं । पोखरा महानगरपालिका-२६, गुँदे ताल क्षेत्रमा २० औं संस्करण असारे रोपाइँ महोत्सव गरिएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा भएको महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटक सहभागी भई रोपाईं गरेका थिए । पर्यटन परिषद्ले २०६१ सालदेखि रोपाई महोत्सव गर्दै आएको छ । 

नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्धन गर्ने लगायतका उद्देश्यले महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान, विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति गरिएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

जोखिम भएका ठाउँमा राती गाडी चलाउन नपाइने

Read Next

संरक्षणको अभावमा गुँदे ताल