Nepal Purbadhar

धारा तेल बेच्ने सौरव ओयल एण्ड एग्रो इन्डस्ट्रिज व्यापार घट्यो 


काठमाडौं । ‘धारा’ ब्रान्डको तेल बेच्ने सौरव ओयल एण्ड एग्रो इन्डस्ट्रिजको व्यापारमा कमि आएको छ ।

२०२२ मा २ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा १ अर्ब ९५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । 

२०२४ मा कम्पनीको व्यापारमा थप कमि आएर १ अर्ब ८४ करोड ९० लाख रुपैयाँको व्यापार भएको छ । 

कम्पनीको व्यापारमा कमि आइरहँदा इबिआइटिडिए (ब्याज, कर, मूल्यह्रास, र अमूर्त सम्पत्तिको मूल्यह्रास काट्नु अघि को आम्दानी) २०२४ मा ७.३८ प्रतिशत कायम भएको छ । यसअघि २०२३ मा इबिआइटिडिए ८.४१ प्रतिशत थियो भने २०२२ मा इबिआइटिडिए ४.६६ प्रतिशत कायम भएको थियो । 

केएल दुगर ग्रुपअन्तर्गतको यो कम्पनी सन् १९९३ मा खुलेको थियो । कम्पनीले बाँके कोहलपुरमा १४ हजार मेट्रिक टन प्रति वर्षको क्षमताको उत्पादन कारखाना स्थापना गरेको छ । मुख्य गरि धारा र ग्यान नाममा कम्पनीले तेल र गेडागुडीहरुको बिक्री वितरण गर्दै आएको छ । कम्पनीको प्रोमोटरमा भने नरेश दुगर र कुमुद दुगर रहेका छन् । 

हालका लागि यो कम्पनीले १ अर्ब ९८ करोड ५६ लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले कम्पनीलाई १ अर्ब ७ करोड ५६ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि र ७० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर तथा २१ करोड रुपैयाँको दीर्घकालिन तथा अल्पकालिन कर्जा सुविधाका लागि डबल बि/ए फो रेटिङ दिएको छ । 


Read Previous

कुन कुन राजमार्ग अवरुद्ध?

Read Next

सरकारलाई अल्टिमेटम दिँदै व्यवसायीले खोले सुनचाँदी पसल