Nepal Purbadhar

भुईमा बसेर रास्वपाको विरोध


काठमाडौं । प्रतिनिधि सभा संसदमा आइतबार प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले वेलको अगाडि बसेर प्रदर्शन गरेका छन् ।

बैठक सुरु हुँदादेखि नै विरोध जनाइरहेको रास्वपाको अवरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका थिए । रास्वपाका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध गरेतापनि सभामुख घिमिरेले सभालाई अघि बढाएका थिए ।

प्रतिपक्षको विरोधका बाबजुद प्रतिनिधि सभाकै बैठकलाई अघि बढाएपछि रास्वपाले वेल अगाडि बसेर विरोध जनाएको छ । त्यस्तै, राप्रपाका सांसदहरुले बजेटमाथि भईरहेको छलफललाई नै बहिष्कार गरेर सभा छाडेर बाहिरिएका छन् ।

प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि निरन्तर प्रतिनिधिसभा अवरोध गरिरहेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलगनता भएको भन्दै राजीनामाको माग गरेर संसदलाई अवरोध गरिरहेका छन् ।


Read Previous

राप्रपाले बहिष्कार गर्यो बजेटमाथिको छलफल

Read Next

खाली संसद्‍मा बजेट छलफल

Nepal Purbadhar