
काठमाडौं । ओल्ड दरबार ह्विस्की बनाउने यति डिस्टिलरी प्रालिले २०२५ को ६ महिनामा २ अर्ब ४९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
विगतको तुलनामा गत वर्ष यो कम्पनीको व्यापारमा केही कमि आएको थियो । २०२१ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२२ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२३ मा ५ अर्ब ७५ करोडको व्यापार गरेको कम्पनीले २०२४ मा भने व्यापारमा केही कमि भोग्नु परेको थियो । २०२४ मा कम्पनीको व्यापार ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँमा सीमित भएको थियो ।
यो वर्ष अर्थान २०२५ को ६ महिनामा भने कम्पनीको व्यापार २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ भएको छ ।
सन् २००३ मा खुलेको यति डिस्टिलरी कम्पनीले नेपाली बजारमा ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको बिक्रीवितरण गर्दै आएको छ । कम्पनीको स्वमित्व रवि केसिसँग ५० प्रतिशत र अभिशेक श्रेष्ठ तथा परिवारसँग ५० प्रतिशत रहेको छ । पाँच वटा उत्पादन कारखाना रहेको कम्पनीमा दैनिक ९ हजार केस बोटलिङको क्षमता रहेको छ । हाल यो कम्पनीको देशभर गरि १३० वटा वितरकहरु रहेका छन् ।
हालका लागि कम्पनीले ५ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी ईक्रा नेपालले कम्पनीलाई ८६ करोड ११ लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल ए र ४ अर्ब ९९ करोड ६१ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए वान रेटिङ दिएको छ ।