Nepal Purbadhar

विलासी करको विरोध गर्दै सुनचाँदी व्यवसायी सडकमा


काठमाडौं । सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । 

सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि यसको विरोध भएको हो।

सुनमा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै उनीहरूले ऱ्याली निकालेका हुन् ।

ऱ्याली न्युरोड गेट आर.एन.ए.सि. देखि इन्द्रचोक डबलीमा पुगी कोर्णसभामा परिणत भएको थियो ।

दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरुको छ।


Read Previous

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

Read Next

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीविरुद्ध भ्रस्टाचार मुद्दा