
फाईल फोटो
काठमाडौं । काठमाडौं-हेटौंडा राजमार्ग (कान्ती लोकपथ) चार दिनका लागि पूर्ण रुपमा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनाकाअनुसार जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द रहनेछ । उक्त राजमार्गअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय मनवानपुरले जनाएको छ ।