Nepal Purbadhar

प्रमुख तीन दलका शीर्ष नेताको बैठक


काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदबारमा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तासाझेदार दल शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको हो । 

उनीहरुबीचको भेटवार्ता प्रतिनिधिसभा संसद्मा पछिल्लो समयमा भईरहेको अवरोधको अन्त्य गर्ने विषयमा रहेको बताईएको छ । पछिल्ला केही दिनदेखि प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्ष दलले संसद् अवरोध गरिरहेका छन् । 


Read Previous

विश्व बैकले नेपाललाई ३५ अर्ब ऋण सहयोग दिने

Read Next

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको मुद्दा

Nepal Purbadhar