
काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग ह्वात्तै बढेको छ । सरकारी कर सहुलियत र पेट्रोलियम इन्धनको मूल्यवृद्धिले मानिसहरू विद्युतीय विकल्पतर्फ आकर्षित भएका छन् ।
हाल नेपाली बजारमा दर्जनौं ब्रान्डका ईभी उपलब्ध छन्, जसले गर्दा बजारमा एक हिसाबले ईभीको बाढी नै आएको देखिन्छ । पछिल्ला तथ्यांकअनुसार निजी सवारी बिक्रीमा ७० प्रतिशतभन्दा बढी ईभीको पेनिट्रेसन छ ।
नयाँ प्रविधि र टेक्नोलोजी प्रयोग गरिएका ईभी गाडीहरु सम्बन्धी विभिन्न भ्रमहरु छ । वर्खाको समयलाई लिएर त झन विद्युतीय गाडी डुबानमा परेमा के गर्ने र के नगर्ने भन्ने विषयमा पनि आम मानिसमा जानकारीको अभाव छ । गत वर्ष असोजमा आएको बाढीमा पनि थुप्रै विद्युतीय गाडीहरू डुबानमा परेका थिए ।
यो वर्ष पनि बर्खामा अत्याधिक पानी पर्ने अनुमान गरिएको छ ।
त्यसो भए विद्युतीय गाडीलाई बर्खाको कसरी सुरक्षित हुने गरि पार्किङ गर्ने? गाडी स्वय: पानीबाट कति सुरक्षित छ? र यदि डुबानमा परे के गर्ने त?
पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीले विद्युतीय गाडीलाई झरी पर्ने र डुबान हुन सक्ने समयमा कसरी सुरक्षित राख्ने भन्ने विषयमा नेपाल पुर्वाधारसँग कुराकानी गरेका छन् ।