Nepal Purbadhar

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर


काठमाडौं । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।

मूल सडकको बीच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता, फ्लाइओभरदेखि सुरुङसम्म पुगे

Read Next

ईभी डुब्यो: अब के गर्ने?