Nepal Purbadhar

ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता, फ्लाइओभरदेखि सुरुङसम्म पुगे


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललले मन्त्रालय मार्फत शुरु भएको काठमाडौका मुख्य योजनाहरु पूरा गराउन ताकेता बढाएका छन् ।

 संघीय राजधानी भित्रका महत्वपूर्ण मानिएका आयोजनाहरुको स्थलगत निरीक्षण गर्दै उनले छिटो सम्पन्न गर्न निर्देशन समेत दिए ।

मन्त्रालयको प्रशासनिक तथा प्राविधिक नेतृत्व सहित मन्त्री दहालले आईतबार विभिन्न पूर्वाधार योजनाहरुको निरीक्षण गरे । उनले सहित मन्त्रालयको टोलीले  ग्वार्को तथा थानकोटमा निर्माणाधिन फ्लाईओभर र नागढुंगा सुरुङ्को निरीक्षण गरेको हो ।

मन्त्री दाहालको निरीक्षण क्रम बिहान ग्वार्को फ्लाईओभरबाट शुरु भई नागढुंगा सुरुङ सम्म पुगेको थियो । ग्वार्को फ्लाईओभर निरीक्षणका क्रममा मन्त्री दाहालले सो योजना जेठ महिना भित्रमा निर्माण पूरा हुने बताए । निर्माण पूरा भए लगत्तै त्यहिबाट सवारी साधन सञ्चालन शुरु हुने समेत उनले जनाएका थिए । सो योजना पूरा हुन निर्धारित समय भन्दा ढिला भई सकेको उल्लेख गर्दै यसै महिना भित्र पूरा गरि सवारी साधन सञ्चालन हुने अवस्थामा पु¥याउन निर्देशन दिए ।

ग्वार्को फ्लाईओभरको निरीक्षण पछि मन्त्री दाहालले काठमाडौ प्रवेश गर्ने प्रमुखद्वार मध्येको थानकोट पुगे । त्यहाँ उनले निर्माणाधिन फ्लाईओभरको निरीक्षण गरे । त्यस क्रममा उहाँले सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौ भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भई रहेको छ । 

त्यस लगत्तै यस्तै मन्त्री दाहालले नागढुंगा सुरुङ मार्गको समेत निरीक्षण  गरे । निरीक्षणका क्रममा मन्त्री दाहालले सो सुरुङ मार्ग निर्माणसँगै नेपालको यातायात क्षेत्र आधुनिक सुरुङ्युगमा प्रवेश गर्ने बताए । सुरुङ्को समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भई रहेको छ । सोहि मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गरिने बताए ।


Read Previous

आन्दोलनमा प्रोटोकल स्रोटोकलको कुरा हुँदैन, १५ गते एमालेको नियन्त्रणमा हुनुपर्छ: प्रधानमन्त्री ओली

Read Next

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर