Nepal Purbadhar

आन्दोलनमा प्रोटोकल स्रोटोकलको कुरा हुँदैन, १५ गते एमालेको नियन्त्रणमा हुनुपर्छ: प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं आफ्नो नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका छन् । 

जेठ १५ गते राजावादी समूहहरुले काठमाडौंमा गरेको आन्दोलनलाई लक्षित गर्दै बागमती प्रदेश कमिटिले आयोजना गरेको वडाध्यक्ष भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दिन दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले सो दिन आन्दोलनलाई हस्तक्षेप गर्नेगरि तयार अवस्थामा रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, “१५ गते ११ बजेदेखि १२ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ ।”

उनले कसरी कुन संस्था अगाडी लाग्छ वा कुन संस्थाको आयोजना हुन्छ भन्ने कुरालाई छाडिदिन समेत निर्देशन दिएका छन् । 

“म साथीहरुलाई आग्रह गर्छु । निर्देशन पछि आउँछ”, उनले भने, “आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन ।”

जेठ १५ गते राप्रपासहित राजावादी समूहले काठमाडौंमा आन्दोलनको घोषणा गरेको छ । गत मंगलबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जेठ ज्ञछ गतेदेखि सुरु हुने आन्दोलनको विषयमा बोल्दै प्रधानमन्त्रीलाई लक्षित गरेर सम्झौता गर्न तयार नभए भाग्न नसक्नेलाई हेलिकप्टरको सुविधा दिने बताएका थिए । 


Read Previous

प्राधिकरणले सार्वजनिक गर्यो सर्वाधिक महत्वपुर्ण र अत्यन्त महत्वपुर्ण उपभोक्ताहरुको विवरण

Read Next

ठुला योजना सम्पन्न गराउन मन्त्री दाहालको ताकेता, फ्लाइओभरदेखि सुरुङसम्म पुगे