
काठमाडौं । हिलटेक प्लास्टिक तथा पाईप उद्योगको व्यापारमा गिरावट आएको छ ।
२०२२ मा ३३ करोड २० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले २०२३ मा ४४ करोड ४० लाख रुपैयाँ कारोबार गरेको थियो । २०२४ मा भने कम्पनीको व्यापारमा कमि आएर ३५ करोडको व्यापार भएको छ ।
अघिल्लो वर्षको तुलनामा २०२४ मा कम्पनीको व्यापार २१ प्रतिशतले कमि भएको हो ।
२०२५ को पहिलो ९ महिनामा कम्पनीले २५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
सन् २००९ मा खुलेको यो कम्पनी नेपालमा प्लम्बिङसँग सम्बन्धित सामग्रीको उत्पादनमा अग्रणी स्थानमा छ । देशभरका ७७ वटै जिल्लामा वितरण प्रणाली रहेको यो कम्पनीको कार्यकारी अध्यक्ष जितेन्द्र बैद्य रहेका छन् ।
हाल भने कम्पनीले ८० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी ईन्फोमेरिक्सले कम्पनीलाई ६३ करोड रुपैयाँको दीर्घकालिन कर्जाका लागि डबल बि र १७ करोड रुपैयाँको अल्पकालिन कर्जाका लागि ए फोर रेटिङ दिएको छ ।