
सांकेतिक तस्बिर
काठमाडौं । गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले भेरी १ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
कम्पनीले अहिले धमाधम वातावरणीय अध्ययन गरिरहेको छ ।
प्रस्तावित २७० मेगावाटको आयोजना जाजरकोटको नलगाड नगरपालिका-१०,११, १२,१३ तथा रुकुम (पश्चिम) को आठबिसकोट नगरपालिका-४,५,६ भएर बग्ने भेरी नदीमा निर्माण हुनेछ ।
यो अर्ध-जलाशय प्रकृतिको जलविद्युत आयोजना हो ।
यो आयोजनाको ६ घण्टा पिकिङ क्षमता छ । वार्षिक १५६७.३१ गिगावाट आवर उत्पादन हुनेछ ।
करिब ७२ अर्ब रुपैयाँ लागत छ ।