
काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा छापावाल सुनको मूल्य प्रति तोला १,७०० रुपैयाँले बढेको छ।
बिहीबार छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको १ लाख ८९ हजार ८०० रुपैयाँभन्दा बढी हो।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। बुधबार प्रति तोला १,९९० रुपैयाँमा कारोबार भएको चाँदी आज बिहीबार २,०२५ रुपैयाँ पुगेको छ