Nepal Purbadhar

डा. विश्व पौडेललाई गभर्नर बनाउन ओली सहमत, आजै नियुक्त गरिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली डा. विश्व पौडेललाई गभर्नर बनाउन तयार भएका छन् ।

नेपालीक कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर उनी विश्व पौडेललाई गभर्नर बनाउन तयार भएका हुन् ।

शेर बहादुर देउवासँगको भेटमा गभर्नरका विषयमा सहमति जुटेपछि आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । मन्त्रिपरिषदको बैठक बस्नु अधि गभर्नर सिफारिस समितिको बैठक बस्दैछ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर बनाउने छ ।


Read Previous

सेन्चुरी फुड प्याकेजिङको व्यापार बढ्यो, कति गर्‍यो कारोबार? 

Read Next

जल तथा  ऊर्जा आयोगका सचिव भेटुवाल रिटार्यड