
काठमाडौं । चामलको बिक्री वितरण गर्ने कम्पनी सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग प्रालिको व्यापार बढेको छ ।
२०२२ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
२०२४ मा कम्पनीले २ अर्ब ५४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
राजेन्द्र प्रसाद अग्रवाल अध्यक्ष रहेको कम्पनी विगत दुई वर्षदेखि नेपालमा चामल बिक्री गर्दै आएको छ । कम्पनीले लङ ग्रेन, जिरा, बासमतीलगायतका चामलहरु थकालि, कोहिनुर, सुवाश शाही, सन्चोलगायतका नाममा बिक्री गर्दै आएको छ । २००१ मा खुलेको कम्पनीको उद्योग भने बिराटनगरमा रहेको छ ।
व्यापारमा बृद्धि भईरहँदा कम्पनीको पिबिईएलडीटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा)मा भने कमि आएको छ । २०२२ मा ७.२० प्रतिशत पिबिईएलडीटी मार्जिन रहेको कम्पनीको २०२३ मा ७.२६ प्रतिशत पुगेको थियो । २०२४ मा भने कम्पनीको मार्जिनमा कमि आएर ५.५६ प्रतिशतमा सिमित भएको छ ।
कम्पनीले हालका लागि भने ७७ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ५२ करोड रुपैयाँ दीर्घकालिन कर्जा सुविधाका लागि त्रिपल बि माईनस र ७६ करोड ४८ लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ ।