Nepal Purbadhar

मेसिन बिग्रिएपछि रोकियो अनिश्चितकालका लागि सवारी लाइसेन्सको छपाई


काठमाडौं । मेसिन बिग्रिएपछि अत्यावश्यक सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य अनिश्चितकालका लागि बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै वैशाख २५ गतेदेखि प्रिन्टिङ प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण अत्यावश्यक लाइसेन्स छपाइ अस्थायी रूपमा बन्द गरिएको जनाएको छ।

विभागका अनुसार समस्या समाधान गर्न प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको छ। समस्या समाधान भएलगत्तै अत्यावश्यक लाइसेन्स छपाइ पुनः सुरु गरिने जानकारी विभागले दिएको छ।

समय समयमा प्रिन्टिङ मेसिनमा समस्या आइरहन्छ ।

Facebook Comments

Read Previous

भारतले ‘सगरमाथा संवाद’ आयोजनाको सहयोगका लागि दियो १५ युनिट कर्भ ईभी

Read Next

आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न स्वास्थ्य मन्त्री पौडेलद्वारा कार्यदल गठन

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar