Nepal Purbadhar

विश्व मजदुर दिवस न्युन ज्यालामा काम गर्न बाध्य ईट्टा भट्टाका मजदुरहरु


   काठमाडौं  । मनकुमारी बुढा उमेरले ३७ बर्ष आज भन्दा ८ बर्ष अगाडी रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो काम र कमाई हुने काम नपाएपछि ७ बर्षदेखि धुनिबेशीको एक ईट्टा भट्टामा काम गर्दै छिन् ।

    एघार बर्ष अगाडी श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काधमा आयो र दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनको छोरीले ईट्टा भट्टामा ईट्टा बोक्ने काम गर्न थाले । एक पटकमा ४० देखि ४५ वटासम्म ईट्टा बोक्ने उनीहरुको कमाई कति पटक ईट्टा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्दछ । जति पटक ईट्टा बोक्यो त्यति पटक काजगमा छाप लगाउने र पछि हिसाव गरि दैनिक कमाई निर्धारण गर्ने गरिन्छ । कहिले काहि शारीरिक अस्वस्थताका कारण काम गर्न सकिदैन् त्यो दिन त कमाई नै हुदैन् मनकुमारीले सुनाईन् ।

  ईट्टा भट्टामा काम उनीहरु त एउटा उदाहरण मात्र हुन्, चरण बाल श्रमको प्रयोग गरिने ईट्टा भट्टामा ११, १२ बर्षका बालकहरु खच्चर धपाउँने काम गर्ने गर्दछन् । धुलो धुँवामा न्युन ज्यालामा काम गर्ने उनीहरुले श्रम शोषण भोग्न बाध्य छन् ।

नेपालगञ्जबाट आएर ईट्टा भट्टामा खच्चर धुपाउँन ११ बर्षीय राजु, १२ बर्षीय गोलु आफ्नो उमेर भन्दा ठुलो काम गर्दछन् भट्टामा । उनीहरुको काम काचो ईट्टा बोक्ने खच्चर धपाउँने हो । एक पटक काचो ईट्टा बोकेको खच्चर धपाए बापत ३ रुपैँया कमाउँइ हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुने भएकाले उनीहरुको दौड्धुप निकै देखिन्थ्यो ।

 धुलो धुँवा, शारीरिक रुपमा धेरै बल लगाउँन पर्ने काम भएकाले ईट्टा भट्टामा बाल श्रमको प्रयोग गर्न नहुने भएतापनि पनि घरको गरिवी, शैक्षिक अवस्था लगायताको विभिन्न कारणले बालबालिकाहरु ईट्टा भट्टामा काम गर्न बाध्य छन् ।

   न्युन ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरुलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरुले समेट्न सकेको छैन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

कमिसन लिएर धमाधम परामर्श सेवाको प्रिपेड बिक्री गर्दै बागमती प्रदेशका मन्त्रालयहरु

Read Next

भारतले दिन थाल्यो ४०० मेगावाट बिजुली, व्यवस्थापन केहि सहज