Nepal Purbadhar

रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा


काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। प्रहरीले उनलाई आज स्वास्थ्य परीक्षण गराएर छाड्ने तयारी गरेको छ।

कास्की प्रहरी स्रोतका अनुसार, “काठमाडौं लगायतका क्षेत्रमा अन्य मुद्दा भए तापनि कास्की अदालतको आदेशलाई सम्मान गर्दै उहाँ भोलि काठमाडौं अदालतमा स्वयम् हाजिर हुने शर्तमा रिहा गर्न लागेका छौं,” भनिएको छ।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले रवि लामिछानेसहितका सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामछिानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

तस्बीर: गोर्खापत्र अनलाइन

Facebook Comments

Read Previous

निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी

Read Next

लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar