Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

भारतले १२ जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली लैजाने


काठमाडौं । भारतले नेपालका १२ जलविद्युत् आयोजनाबाट उत्पादन हुने थप दुई सय ५१ मेगावाट बिजुली खरिद गर्नका लागि स्वीकृति दिएको छ ।  भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिमनिर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय भारतलाई नेपालका १२ वटा जलविद्युत् आयोजनाबाट उत्पादन भएको  दुई सय ५१ मेगावाट बिजुली खरिद गर्नका लागि भारतसँग प्रस्ताव गरेको थियो । भारतीय दुतावास काठमाडौंका अनुसार नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत लैजान लागेको हो ।

‘अन्तरदेशीय व्यापार हेतु भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका १२ जलविद्युत् परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृत गरेको छ,’ दुतावासद्वारा सोमबार जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।  यस अघि भारतले १६ वटा जलविद्युत् परियोजनाबाट ६९० मेगावाट बिजुली निर्यात गर्दै आइरहेको थियो । थप १२ परियोजनासहित अब २८ वटा जलविद्युत परियोजनाबाट ९ सय ४१ मेगावाट बिजुली निर्यात  हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँगै अब छिट्टै बिहार र हरियाणामा थपविद्युत् निर्यात सुरु गरिने बताए ।

‘स्वीकृत परिमाणको १० प्रतिशतथपविद्युत् निर्यात गर्न सक्ने हुँदाअब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्थाबनेको छ, थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृतिपाउनेमाविश्वस्त छौं,कार्यकारी निर्देशक घिसिङले भने ‘अबविद्युतनिर्यातको परिणाम बढ्दै जानेछ, चालु आवमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ ।’

नेपाल विद्युत् प्राधिकरणले गत आवमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली भारत निर्यात गरेको थियो । पछिल्लो समय नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता समेत बनिसकेको अवस्था छ । सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गर्यो ।

त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।  भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्दछ ।

 नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत्बिक्री गर्ने परिकल्पना गरेको छ  यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ ।  यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।


Read Previous

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

Read Next

सरकारले जलविद्युतमा विदेशी लगानी ल्याउन वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *