Nepal Purbadhar

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नेपाल इन्जिनियर्स एशोसियनको निर्वाचनमा ६ अध्यक्षसहित ११२ को उम्मेदवारी (नामावलीसहित)


 

काठमाडौं /नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्ष पदका लागि ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति र सातै प्रदेश तेस्रो कार्यकारिणी समितिको निर्वाचन आगामी भदौं २८ गते हुदैंछ । नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रीय निर्वाचन समितिका संयोजक पवनकुमार भट्टराईले अध्यक्षको पदका लागि ६ जनाको उम्मेदवारी परेको जानकारी दिए । निर्वाचन समितिले शुक्रबार अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरेको थियो ।
नेपाली कांग्रेस, एमाले, माओवादी, समाजवादी, जनमत लगायतका दल निकटका इन्जिनियरहरुले आफ्नो प्यानल बनाएरै चुनावमा होमिएका छन् । अध्यक्षमा कांग्रेस निकट सिडेनका सुवासचन्द्र बराल, एमाले निकट पिनका विष्णुप्रसाद पाण्डे लगायतक अन्य दलका इन्जिनियरि संगठनमा आवद्ध राजेन्द्रप्रसाद हाडा, रामेश्वरप्रसाद कलवार, , दिपक श्रेष्ठ र नन्दलाल बन्जाडेले उम्मेदवारी दर्ता गरेका छन् । ३४ औं केन्द्रीय कार्यकार्यकारिणी निर्वाचन विगतको वर्षभन्दा झनै प्रतिस्पर्धा हुने देखिएको छ । केन्द्रीय निर्वाचन समितिले उपाध्यक्ष पदमा पनि सात जनाको उम्मेदवारी परेको जनाएको छ । उपाध्यक्ष पदमा मन्जिप शाक्य, सुरेश शर्मा, सुमन योगेश, श्याम नारायण चौधरी, डम्बरबहादुर बस्नेत, कृष्णा जिसी र प्रकाश केसीको उम्मेदवारी परेको छ । महासचिव पदमा पनि ६ जनाको उम्मेदवारी परेको छ ।
महासचिवमा अनिता प्रजापति, ओमकुमार साह, लक्ष्मणप्रसाद घिमिरे, राजेन्द्रबहादुर क्षेत्री, विरोध रिजाल,विनोदप्रकाश पण्डितले उम्मेदवारी दर्ता गरेका छन् । उपमहासचिव पदमा पनि ७ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उपमहासचिवमा दीपेन्द्रबहादुर शाही, टोपबहादुर बानियाँ, कृण्णबहादुर पाण्डे, गजेन्द्रकुमार झा, गोपीकृष्ण चौलागाई,ओमप्रकाश सापकोटा र अनिल मानन्धरले उम्मेदवारी दिएका छन् ।
कोषाध्यक्ष पदमा सुस्मिता थापा, सञ्जयकुमार साह, विन्दु पौडेल, देवेन्द्रबहादुर राउत, रोजेश रिजाल, दिपक विष्ट, सुमन थापाको उम्मेदवारी परेको छ । सहकोषाध्यक्ष पदमा सध्दाम बाला, गोपाल श्रेष्ठ, राजेन्द्र गौतम, भुवन पौडेल, सजिना कार्की, आशिष थपलिया र कृष्णप्रसाद पोख्ररेलको उम्मेदवारी परेको छ । सदस्य पदमा भने ७२ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

5452-Final Candidate List - Central Executive Committee (2081432)_240816_172446 (1)

 


Read Previous

लक्ष्मी सनराइज बैंकको अगुवाईमा माथिल्लाे बलेफी आयाेजनामा ४ बैंकले ऋण लगानी गर्दै

Read Next

विद्युत बक्यौता उठाउनुपर्छ तर लाइन काट्नु घाँटी काट्नु होः ऊर्जा मन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *