Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै


गुल्मी । गुल्मी जिल्लाको रिडी-रुद्रावेनी-वामीटक्सार सडकका विभिन्न स्थानमा ४ स्थानमा पक्की पुल निर्माण गरिने भएकाे छ ।  स्थानीयले  वर्षाैंदेखि आवत-जावतमा सास्ती खेप्दै आएकाेमा अब भने ४ स्थानमा पक्की पुल निर्माण गर्न लागिएकाे हाे ।

सडक सुचारु भएको वषौं बित्दा समेत विभिन्न खोलामा पुल नहुदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाउने समेत गरेको छ । सवारी साधनको अत्यन्तै चाप रहेको उक्त सडकमा पक्की पुल र सडकको अवस्था अत्यन्तै दयनिय छ ।

पुल नहुदा वर्षातको समयमा बिरामी तथा जेष्ठ नागरिकले यात्रामा अत्यन्तै दुखः भोग्नु पर्ने अवस्था रहेको छ । वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुटने सावरी साधनहरु वर्षातको समयमा खोला बढदा बाटोमै घन्टौं कुरेर यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट नगरपालिका वडानम्बर–३ का स्थानीय युवा व्यवसायी बसन्त अधिकारीले बताए ।

खोला तर्न नसक्दा बाटौमै बिरामी तथा जेष्ठ नागरिकहरुले अत्यन्तै दुखः झेल्नु परेको अधिकारीको भनाइ छ । अहिले वर्षातको समयमा पानी नआएको खोला नबढेको अवस्थामा मात्रै यात्रा गर्नु पर्ने अवस्था रहेको उनले बताए ।

४ वटा पक्की पुल निर्माण गर्न २२ करोड रुपैयाँ बजेट जुटाइएकाे छ । वषौंदेखि सास्ती खेप्दै आएका नागरिकको समस्यालाई मध्य नजर गर्दै ४ स्थानमा पक्की पुल बनाउन बजेट व्यवस्थापन गरिएकाे हाे । सडक डिभिजन कार्यालय पाल्पा मार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला पुलशाहाघाट, सत्यवतीकै, डहरे खोला पुल, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोला पुल चोरकाटेमा बन्ने भएको हो ।

त्यस्तै चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दि खोला पुल तल्लाफाँटमा बन्ने भएको सडक डिभिजन कार्यालय पाल्पामा सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताए । नादेवा खोला पुल शाहाघाटमा २० मिटर लम्बाई, डहरे खोला पुल ४० मिटर लम्बाईको पुल बन्ने भएको हो ।

त्यस्तै, भार्से खोला पुल चोरकाटेमा ४० मिटर लम्बाई र गिद्दि खोला पुल तल्लाफाँटमा २० मिटरको निर्माण हुने इन्जिनियर गौतमले बताए । २०८१ साल वैशाख १४ गते सम्झौता भइ २०८२ साल साउन २२ गते सम्पन्न गर्ने मिति रहेको छ । पुलको हालसम्म कुनै पनि काम शुरु भएको छैन् ।

४ वटा पुलको २२ करोड ३१ लाख ६० हजार २१० रुपैयाको लागतमा इलाइट कन्सट्रक्सन काठमाडौंले निर्माण गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । पुलको सम्झौता भएर डिजाईन स्वीकृत लगत्तै मनसुन सुरु भएको र वर्षातको समय पश्चात् निर्माण कार्य सुरु अगाडी बढने इन्जिनियर गौतमको भनाइ छ ।

पक्की पुल नहुदा डहरे खोलामा अत्यन्तै जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको मुसिकोट नगरपालिका वडानम्बर–४ भुवाचिदीका समाजसेवी ज्ञानहरी सापकोटाले बताए । पुल नबन्दा उल्लिखोला दहरे ९लेदे खोला० ले दिनहु गाडीहरु जाम हुने गरेको सापकोटाले बताए ।

धेरै यात्रुहरुले सास्ती भोग्नु पर्ने बाध्यता दिनहु हुने गरेको उनकाे भनाइ छ । पुल निर्माणका लागि पक्रिया अगाडी बढेकाले तोकिएकै मितिमा काम सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने सापकोटाको भनाइ छ ।

रिडी रुद्रावेनी वामिटक्सार सडक हुँदै गुल्मी र छिमेकी जिल्ला बाग्लुङसम्म पुग्ने सवारी साधनहरु आउ–जाउ गर्ने गर्दछन् । यो सडक गुल्मी जिल्लाको निकै पुरानो सडक हो ।


Read Previous

काभ्रेका पश्मिना व्यवसायीलाई निर्यात बजारबारे क्षमता अभिवृद्धि तालिम

Read Next

पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *