Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

फेदीखोला आयाेजनामा बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने


काठमाडाैं । भाेजपुरमा निर्माणाधीन ४.३ मेगावाटकाे फेदीखाेला जलविद्युत आयाेजनामा लगानी जुटेकाे छ । फेदीखोला हाईड्रो पावर कम्पनीले अघि बढाएकाे आयाेजनामा राष्ट्रिय बाणिज्य बैंकले एकल ऋण लगानी गर्ने भएकाे हाे ।

आयाेजनाकाे प्रवर्द्धक कम्पनी र बैंकबीच बिहीबार (२०८१ श्रावण १७ गते)  ऋण लगानी सम्झाैतामा हस्ताक्षर भएकाे छ । सम्झौतामा राष्ट्रिय बाणिज्य बैंककातर्फबाट पूर्वाधार बैंकिङ विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजनामा बैंकले  ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछ ।

आयाेजना सम्पन्न गर्न कूल ९४ करोड रुपैयाँ लागत अनुमान गरिएकाेमा बैंकले ५० कराेड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएकाे हाे । बाँकी ४४ कराेड रुपैयाँ स्वपुँजीकाे रुपमा प्रवर्द्धक कम्पनीले लगानी गर्नेछ ।

कम्पनीका अनुसार अहिलेकाे कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिवर्तन गरी स्वपुँजी लगानीकाे ३० प्रतिशत लगानी  ( १३ करोड २० लाख रुपैयाँ) सर्वसाधारणका लागि सेयर निस्कासन गरेर जुटाइनेछ ।

याे आयाेजना अहिले निर्माणाधीन छ । आयाेजनामा आवश्यक सम्पुर्ण जग्गा खरिद, कन्स्ट्रक्सन पावर जडान, पहुँच मार्ग निमार्ण, गोदाम घर, आवस गृह निर्माण लगायतका पूर्व तयारीका कामहरु सम्पन्न भइसकेका छन् ।

आयाेजनाकाे संरचना निर्माणकाे काम पनि करिब ३० प्रतिशत भइसकेकाे कम्पनीले जनाएकाे छ । आयाेजनाबाट २०८२ असोजभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।


Read Previous

बेनीमा बाढी नियन्त्रण गर्न ५० करोड लागतमा पक्की पर्खाल निर्माण

Read Next

काभ्रेका पश्मिना व्यवसायीलाई निर्यात बजारबारे क्षमता अभिवृद्धि तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *