Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ जना बेपत्ता,घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइयाे


चैतारा। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा २ जना बेपत्ता भएका छन् । उक्त घटनामा ७ कामदार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको याे आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो । बेपत्ताको अवस्था अज्ञात रहेको उनले बताए ।

 बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।  बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् ।

घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएकोमा ५ जनालाई धुलिखेल अस्पतालमा रिफर गरिएकाे छ । घाइतेमध्य लहानु थारु, दुर्गा चाैधरी,आइतमान थामी,रामचन्द्र रिमाल र गाेपाल थामीकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खटिएको छ ।


Read Previous

पहिराेले गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध   

Read Next

मुगु कर्णालीको विद्युत फुकोट सबस्टेसनमा जोडिने   

Leave a Reply

Your email address will not be published. Required fields are marked *