Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पहिराेले गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध   


गुल्मी । वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

कालीगण्डकी गाउँपालिकाको भुर्तुङ र वडा नं ३ को मुल्कामा गएराति सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शङ्कर पोख्रेलले जानकारी दिए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न समस्या भइरहेको उनले बताए ।

वर्षाका कारण शुक्रबार बिहानदेखि अवरुद्ध बनेको तम्घास‐रिडी खण्ड भने सञ्चालन भएको सूचना अधिकारी पोख्रेलले जानकारी दिए । उक्त खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकाको कालीका मोड, छत्रकोट गाउपालिकाको शृङ्गा र गुल्मीदरबार गाउँपालिकाको बिरबासमा पहिरो गएपछि बिहानैदेखि सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक स्थानीय पालिका र निर्माण व्यवसायीको पहलमा सञ्चालन गरिएको हो ।

सडक सञ्चालन भएसँगै लामो तथा छोटो दूरीमा आवतजावत गर्ने र बीचमा रोकिएका सम्पूर्ण सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका सूचना अधिकारी पोख्रेलले बताए । वर्षाका कारण सडक अवरुद्ध बनेपछि ग्रामीण भेगबाट सदरमुकाम तम्घास आउने एक दर्जनभन्दा बढी सडक अवरुद्ध बनेका छन् ।

निरन्तर वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तथा खोला किनार क्षेत्र र पहिरोग्रस्त क्षेत्रका स्थानीयलाई सर्तक रही सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । प्रशासनले वर्षाको समयमा अत्यावश्यक काम बाहेक मानिसलाई लामो यात्रामा ननिस्कनसमेत आग्रह गरेको छ ।

वर्षाका कारण कालीगण्डकी, बडिघाट, छल्दी, निस्तीलगायत नदी तथा स्थानीय खोलामा पानीको बहाव बढ्दै जान थालेकाले सर्तक रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


Read Previous

कुश्मा-ज्ञादी झोलुङ्गे पुल जीर्ण भएपछि सवारी सञ्चालनमा रोक   

Read Next

भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ जना बेपत्ता,घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल ल्याइयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *