Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

निर्माणाधीन धुलिखेल-खावा सडकः पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती   


काभ्रे । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा बुधबार बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्नेलगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् ।

४ किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने स्थानमा माथिबाट लेदो बग्दा सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ भएको हो । लेदो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले जानकारी दिए । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । निर्माणाधीन सडकखण्डको समयसीमा २०८० चैत १९ गते सकिएपछि केही महिना समय थपेर पुनः निर्माणको काम थालिएको हो ।

पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आउनुभएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडकजाममा परेको गुनासो गरे । “उक्त सडकखण्ड निर्माणको काम छिटो नसकिए वर्षामा यो बाटोमा निकै गाह्रो हुन्छ”, उनले भने ।

यस्तै, राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीका साधनलाई सो खडकखण्ड पार गर्न निकै हम्मेहम्मे पर्दछ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् ।

सडकखण्ड निर्माणलाई तीव्रता दिन गत जेठ महिनामा दुईपटक करिब एक हप्ता राजमार्ग बन्द गरिएको थियो । सो सडकखण्ड पक्की बनाउन हाल धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु भएको छ भने अन्य स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले निर्माणको कामलाई तीव्रता दिन कार्यालयले ताकेता गरिरहेको बताए ।

याे सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी २० करोड १९ लाख ४६ हजार ५ सय रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । समयसीमासम्म २० प्रतिशत मात्रै काम भएको मात्रै डिभिजन कार्यालयले जनाउँदै आएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा २ चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी पुग्ने यही सडक हो ।


Read Previous

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ सेवा र अब्बल नतिजाको यात्रा

Read Next

अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *