Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको १८ करोड विद्युत बक्यौता उठ्न बाँकी


कैलाली। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको विद्युत बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार ६ सय ७३ रुपैयाँ पुगेकाे छ । वितरण केन्द्रको चालू आर्थिक वर्षकाे बैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य वर्गका ग्राहक र सडकबत्ती बापत यति  बक्यौता रकम उठ्न बाँकी रहेकाे

चालू आवको बैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ करोड ४९ लाख ५ हजार ४ सय १ रुपैयाँ, घरायसी ग्राहककाे २ करोड २४ लाख ५२ हजार  १६० रुपैयाँ , अन्यको २ करोड ५३ लाख ५३ हजार ८७ रुपैयाँ र सडकबत्तीको १० करोड ९७ लाख ५२ हजार २५ रुपैयाँ रहेको वितरण केन्द्रका सहायक लेखा अधिकृत विनोद ढकालले जानकारी दिए ।

उनका अनुसार गत आवको असार मसान्तसम्म बक्यौता रकम २० करोड १३ लाख २७ हजार रुपैयाँ थियो । चालू आवमा भने बक्यौता रकम केही घटेको उनले बताए । चालू आवको बैशाख मसान्तसम्म विद्युत् महसुल भुक्तानी नगर्ने १ हजार ५ सय ७८ ग्राहकको लाइन काटिएको ढकालले जानकारी दिए ।

“हामीले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली गरिरहेका छौँँ”, वितरण केन्द्र प्रमुख मिथिलेशकुमार गोहिवारले भने, “अरूको त रकम आइरहेको छ । सडकबत्तीको बक्यौता रकम अलि बढी छ । त्यसका लागि पनि प्रक्रिया अगाडि बढाएका छौँ ।” गत आवभन्दा चालु आवमा बक्यौता रकम घटेको उनकाे भनाइ छ ।

वितरण केन्द्रका अनुसार गत आवको असार मसान्तसम्म औद्योगिकको २ करोड ४१ लाख ४२ हजार ८ सय ९१ रुपैयाँ , घरायसी ग्राहककाे ५ करोड ७९ लाख २८ हजार ३ सय ६९ रुपैयाँ, अन्य ग्राहकको बक्यौता रकम १ करोड ४२ लाख २२ हजार ३ सय ६८ रुपैयाँ र सडकबत्ती बापतको १० करोड ५० लाख ३३ हजार ३ सय ७३ रुपैयाँ थियो । नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६२.५ प्रतिशत रहेका केन्द्रले जनाएको छ ।


Read Previous

हरित कर नवीकरणीय ऊर्जामा खर्च गर्न सुझाव

Read Next

एक महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपाल भ्रमण 

Leave a Reply

Your email address will not be published. Required fields are marked *