Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  


तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९.४५२ किलोमिटर मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो ।

उक्त मार्गले व्यास–५ को रानीटारी, म्याग्दे–७ र ३ हुँदै पृथ्वीराजमार्गसँग जोडिने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । कूल एक हजार ९ सय ५० मिटर ढलान सडकमध्ये एक हजार ६ सय मिटर सम्पन्न भइसकेको छ । चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनी एमएस गुल्मेश्वर/पाण्डे एण्ड कम्पनी/नयाँयुग जेभीका इन्जिनियर मिलन जिसीले जानकारी दिए ।

उनका अनुसार उक्त मार्गमा निर्माण गरिने साढे नौ किलोमिटर नालामध्ये अब ८ सय मिटरमात्रै बाँकी छ । करिब ८ किलोमिटर मार्गमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ”, उनले भने, “उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति हासिल भइसकेको छ ।”

उक्त मार्गमा दैनिक ६५ जना जनशक्ति परिचालन गरी निर्माणलाई तीव्रता दिइएको इन्जिनियर जिसीले बताए । भ्याटसहित ३४ करोड ५८ लाख ५० हजार दुई सय ८५ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कम्पनीले काम अघि बढाएको हो ।

२०८० जेठ ९ मा सम्झौता गरी उक्त निर्माण कम्पनीले २०८२ फागुन ९ गते सम्पन्न गर्ने लक्ष्य लिएको छ । निर्माणले गति लिएको हेर्दा सम्झौताअगावै सम्पन्न हुने सम्भवना देखिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार कुल सडकमार्गमध्ये सवग्रेड र सवबेसको सात सय मिटर काम बाँकी रहेको छ भने नाला र स्टक्चरको काम सम्पन्न गरिसकिएको छ । उक्त मार्गमा गरिएको ढलानको चौडाइ २० सेन्टिमिटर र कालोपत्र ४ सेन्टिमिटरको हुनेछ ।

गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटमा निर्माणकार्य थालिएको र हालसम्म कार्यप्रगति सन्तोषजनक रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए ।


Read Previous

ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

Read Next

नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *