Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   


लमजुङ। लमजुङको बेँशीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकखण्डमा स्तरोन्नतीका काम सुरूभएका छन् । यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म काम सुरूभइरहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

कार्यालय प्रमुख इञ्जीनीयर विवेक सिग्देलले सडकअन्तर्गत घलेगाउँसम्म १० किलोमिटरमा कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको ७ किलोमिटरमा ग्राभेल गर्ने काम भइरहेका जानकारी दिए । ठेकेदारको लापरबाहीका कारण वर्षौदेखि अलपत्र रहेको सो सडकमा गत माघ महिनादेखि काम अगाडि बढेको र हाल कालोपत्रलगायतका काम भइरहेका उनकाे भनाइ छ ।

कार्यालयका अनुसार घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी कान्छाराम–नाना जेभीसँग २०७६ असोज ३० गते सम्झौता भएको थियो । २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने भनिए पनि विभिन्न कारणले सोसम्बन्धी कार्य अधुरै थिए ।

अन्तिमपटकका लागि २०८० चैत २२ गते पुनः म्याद थप भई आगामी असोजसम्म कार्यसम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इञ्जीनीयर सिग्देलले बताए ।

सडक कालोपत्रे तथा ग्राभेलका लागि ३४ करोड ७७ लाख १४ हजार ४ सय १० रुपैयाँमा सम्झौता भएको सो योजनामा हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको र २० करोड ४० लाख रुपयाँ खर्च भइसकेको सिग्देलले जानकारी दिए ।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पटक पटकको प्रयासपछि सडकको काम सुरूभएको र सडक निर्माणपछि घलेगाउँ तथा भुजुङमा सञ्चालित घरबासमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भई आर्थिक क्रियाकलापमा समेत बढोत्तरी हुने अपेक्षा गरिएको बताए।


Read Previous

यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट गाउँ

Read Next

पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या   

Leave a Reply

Your email address will not be published. Required fields are marked *