Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कर्णाली कोरिडोरकाे १२३ किलाेमिटर खण्डमा १६ पक्की पुल निर्माण   


कालीकाेट ।  कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । एक वर्षकाे अवधिमा कर्णाली करिडोरअन्तर्गत याे खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन् ।

८ देखि १० महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ ।

उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताए । “गत वैशाखदेखि निर्माण सुरु भएको थियो”, उनले भने, “सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन् ।”

सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिए ।  “निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्”, उनले भने, “बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म ८ वटा छन् ।”

सबै पुल ६ मिटर चौडाइ र ८ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताए । “यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले ९  करोड रुपैयाँ लागतमा बनाएको हो”, उनले भने, “पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ ।”


Read Previous

देवनगर सबस्टेसन सञ्चालनमा, दक्षिण–पश्चिम भरतपुरको विद्युत् आपूर्तिमा सुधार हुने

Read Next

वन कार्यालयसँग कुरा नमिलेपछि रुख कटान राेकिँदा तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित   

Leave a Reply

Your email address will not be published. Required fields are marked *